चलचित्र ‘कन्यादान’ बन्ने

चलचित्र ‘कन्यादान’ बन्ने भएको छ । चलचित्र लाई यस अघी ‘रङ्गेली’ चलचित्र गरेका निर्देशक अर्जुन सुवेदीले गर्दै छन । मंगलबार हरितालिका तिजको अवसर पारेर थिम पोस्टर सार्वजनिक गर्दै चलचित्र घोषणा गरिएको हो । अर्जुन सुवेदीकै निर्देशन तयार भएको चलचित्र ‘सोल्टिनी’ प्रदर्शन को तयारीमा छ ।
चलचित्र ‘कन्यादान’ ले विधवा महिलाको जीवन र समाजले दिने चुनौतीको कथा भन्ने छ । कुमार भट्टराई र अर्जुन सुवेदीको संयुक्त लेखन रहेको चलचित्र लाई आगामी वर्ष रिलिज गर्ने लक्ष्य लिइएको छ । चलचित्रको निर्माणमा प्लानेट थ्री फिल्म्सले गर्नेछ भने सुभकाशा पिक्चर्स र ट्राइडेन्ट कन्सेप्टको सहकार्य रहनेछ । चलचित्रको प्रस्तुतकर्तामा रेजिना बिस्ट र कार्यकारी निर्मातामा मार्टिन ओली रहेका छन् । यो चलचित्रको छायाङ्कन निर्देशनमा सुसन प्रजापति र सङ्गीतकारमा प्रशान्त सिवाकोटी रहनेछन् ।